सेयर बजारमा ५१.३७ अंकको पहिरो, सबै परिसूचक राताम्य

राम्रो अनलाइन     ०१ पुस २०८१, सोमबार
सेयर बजारमा ५१.३७ अंकको पहिरो, सबै परिसूचक राताम्य

 

काठमाडौं- धितोपत्रको दोस्रो बजार मापक नेप्से परिसूचक आज सोमबार ५१.३७ अंकले घटेको छ। नेप्से १.९१ प्रतिशतले घटेर २,६३०.९१ को विन्दुमा झरेको छ। आज पाँच अर्ब ९३ करोड ५६ लाख रुपैयाँमा एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ।

कारोबार भएका मध्ये आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ। १५ कम्पनीको बढेको छ भने दुई कम्पनीको स्थिर छ।   कारोबारमा रहेका १३ वटै समूहगत परिसूचक घटेको छ। कुथेली बुखारी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्सको सेयर मूल्य ९.५८ प्रतिशतले घटेको छ।

 

 

 

 

प्रतिक्रिया