१२ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

राम्रो अनलाइन     २८ मंसिर २०८१, शुक्रबार
१२ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

 

काठमाडाैं – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो।

आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोवार भैइरहेको छ। यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदी ६५ रुपैयाँले घटेको छ। 

बिहीबार एक हजार ९२५ मा कारोबार भएको चाँदी आज १८६० रुपैयाँमा कारोवार भइरहेको छ।

प्रतिक्रिया