मुग्लिन-पोखरा सडक पॉच दिन दिनभरि अवरुद्ध हुने

राम्रो अनलाइन     २८ मंसिर २०८१, शुक्रबार
मुग्लिन-पोखरा सडक पॉच दिन दिनभरि अवरुद्ध हुने

 

मुग्लिन–पोखरा सडक अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । 

प्रतिक्रिया