तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

राम्रो अनलाइन     २६ मंसिर २०८१, बुधबार
तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

 

काठमाडाैं – नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। 

प्रतिक्रिया