फेरि बढ्याे सुनकाे मूल्य, ताेलामा कति पुग्याे?

राम्रो अनलाइन     २४ मंसिर २०८१, सोमबार
फेरि बढ्याे सुनकाे मूल्य, ताेलामा कति पुग्याे?

 

काठमाडाैं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।  यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ।

प्रतिक्रिया