लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको लक्ष्य

राम्रो अनलाइन     १९ मंसिर २०८१, बुधबार
लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको लक्ष्य

 

काठमाडाैं – नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो ।

लुम्बिनीका ४ खेलाडी रनआउट भएको खेलमा कप्तान रोहित पौडेलले २९ बलमा ४५ रनको पारि खेले । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए । यसैगरी टम मुर्सले १७ बलमा ३० रन बनाउँदा अर्जुन साउदले १९ बलमा १७ रनको योगदान गरे ।

आसुतोष घिरघिरैयाले १३ बलमा १५ रन बनाए । साद  विन जाफरले १५ रन बनाउँदा सन्दीप जोराले १२ रन जोडे । बेन कटिङ ६ रन बनाएर रनआउट हुँदा ६ रन जोडे । विवेक यादव र रेमोन सिमोन्ड्सले पारि पुरा गरेका थिए । विवेकले ७ बलमा १९ रनको आक्रामक नटआउट पारि खेले । विवेकले ३ छक्का प्रहार गरे । सिमोनले ३ बलमा २ रन बनाएर नटआउट रहे ।

विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक एक विकेट लिए ।

प्रतिक्रिया