दुर्गा प्रसाईँ मंसिर २१ सम्म हिरासतमा रहने

राम्रो अनलाइन     १८ मंसिर २०८१, मङ्गलबार
दुर्गा प्रसाईँ मंसिर २१ सम्म हिरासतमा रहने

 

काठमाडौं–  मेडिकल ब्यावसायी दुर्गा प्रसाईँ थप चार दिन हिरासतमा रहने भएका छन् ।  राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका हुन ।

मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको छ । अब उनी कम्तिमा पनि मंसीर २१ सम्म हिरासतमा नै रहने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरे पछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।

साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।

प्रतिक्रिया