बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

राम्रो अनलाइन     १८ मंसिर २०८१, मङ्गलबार
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

 

काठमाडाैं–  सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ।

प्रतिक्रिया