कञ्चनपुरमा प्रहरीका पूर्वअसईले गरे श्रीमतीको हत्या

राम्रो अनलाइन     १६ मंसिर २०८१, आइतबार
कञ्चनपुरमा प्रहरीका पूर्वअसईले गरे श्रीमतीको हत्या

 

कञ्चनपुर – कञ्चनपुरमा नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक(असई)ले श्रीमतीको हत्या गरेका छन्। भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया पूर्वअसई नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योति विष्टको हत्या गरेका हुन्।

घरायसी विवादमा विष्टले शनिबार साँझ धारिलो हतियार प्रहार गरी ज्योतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ। प्रहरीका अनुसार विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया