प्रतिनिधि सभाका सचिव अधिकारीले दिए राजीनामा

राम्रो अनलाइन     ०९ मंसिर २०८१, आइतबार
प्रतिनिधि सभाका सचिव अधिकारीले दिए राजीनामा

 

काठमाडौं- प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।  सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको बताइएको छ। 

शिक्षासहित विभिन्न मन्त्रालय तथा निर्वाचन आयोगको सचिवका काम गरेर नियमित अवकास पाएका अधिकारी गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए।

प्रतिक्रिया