एमाले जागरण सभाका लागि र्‍याली सुरु 

राम्रो अनलाइन     ०७ मंसिर २०८१, शुक्रबार
एमाले जागरण सभाका लागि र्‍याली सुरु 


काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एमाले को आज दरबारमार्गमा हुने जागरण सभाका लागि तयारी पूरा भएको छ । जागरण सभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरण सभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।

एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरण सभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया