कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बानियाँ र नेसपाका महर्जनकाे उम्मेदवारी दर्ता

राम्रो अनलाइन     ०२ मंसिर २०८१, आइतबार
कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बानियाँ र नेसपाका महर्जनकाे उम्मेदवारी दर्ता

 

काठमाडाैं – काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार डा. नवरथकुमार बानियाँले उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्र उम्मेदवार बानियाँले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। यसैगरी यसअघि कीर्तिपुरकै मेयर पदका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराइसकेका छन्।

अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आइतबार बिहान १० बजेदेखि सुरू भएको मनोनयन दर्ता बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। आज सातै प्रदेशका ४२ पदमा उम्मेदवारी दर्ता हुँदैछ।

प्रतिक्रिया