१८ वैशाखदेखि आईटी प्लाजा महोत्सव, ल्यापटप–प्रोजेक्टरमा ८० प्रतिशत छुट

राम्रो अनलाइन     १६ वैशाख २०८२, मङ्गलबार

काठमाडौं–विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्रान्डेड स्टोर एकै स्थानमा रहेको काठमाडौं कमलादीस्थित आईटी प्लाजामा ‘आईटी प्लाजा महोत्सव २०८२’ आयोजना हुने भएको छ ।

१८ वैशाखदेखि सुरु हुने महोत्सव अन्तर्गत ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर लगायत विद्युतीय सामग्रीमा ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एसर, डेल, लेनोभो, असुस, एमएसआई, लजिटेक, प्रोलिंक, थर्मल टेकजस्ता ब्रान्डका सामग्रीमा यस्तो छुट पाउन सक्ने जनाइएको छ ।

प्लाजामा नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेसनल र इनफाइनाइट सोलुसन्स लगायतका स्टोर छन् ।

महोत्सव अवधिभरि यी स्टोरमा विभिन्न सामग्री खरिद वा भिजिट गर्दा दैनिक गिभअवे मार्फत विभिन्न उपहार पनि प्राप्त गर्न सकिने छ ।

१८ वैशाखदेखि सुरु हुने यो अफर २४ वैशाखसम्म उपलब्ध हुनेछ । उक्त अवधिभरि आईटी प्लाजामा उल्लिखित ब्रान्डका विभिन्न सामग्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन समेत सकिने छ ।

लक्की ड्रमार्फत एक जना ग्राहकले एसर निट्रो भी १५ गेमिङ ल्यापटप जित्ने मौका पाउनेछन् । यस्तै फोटो कन्टेस्ट मार्फत दैनिक ५ जना भिजिटरले विभिन्न गिभअवे प्राप्त गर्न सक्नेछन् ।

विजेताको घोषणा भने २९ वैशाखमा आईटी प्लाजाको सामाजिक सञ्जाल तथा प्लाजाको इन–बिल्डिङ डिस्प्ले मार्फत गरिने छ ।

प्रतिक्रिया