१८ देशका राजदुतको सुनवाइ भोलिदेखि

राम्रो अनलाइन     २८ साउन २०८१, सोमबार
१८ देशका राजदुतको सुनवाइ भोलिदेखि

 

काठमाडाैं – राजदूत नियुक्तिका लागि सिफारिस भएकाहरूकाे सुनुवाइ भोलिदेखि सुरु हुने भएको छ। संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको सुनुवाइ प्रक्रिया मङ्गलबारदेखि सुरु गर्न लागेको हो।

हालै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेकाे थियाे। राजदुतको सुनवाइ प्रक्रिया सङ्घीय संसद् सचिवालयमा भोलि मध्यान्ह १२ः३० बजेबाट सुरु हुनेछ। 

प्रतिक्रिया