काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन्। ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादबारे आफ्नो असहमतिका बाबजुद पनि प्राधिकरणले काटिएका उद्योगका लाइन जोड्नु परेपछि उनी आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्। कुलमानले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छन् ।
मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा कुलमानले महसुल नतिरेसम्म काटिएको विद्युतको लाइन जोड्न नहुने अडान लिए पनि मन्त्रिपरिषद्ले नै निर्णय गरेर निर्देशन दिएकाले प्राविधिक रूपमा त्यसको कार्यान्वयन नगरेमा अप्ठ्यारोमा पर्ने भएपछि निर्णयमा हस्ताक्षर गरेको बताइएको छ ।