काठमाडौँ - काठमाडौँ महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वती नगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।
अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको प्रहरीले जानकारी दिए ।