पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौँ ल्याइँदै

राम्रो अनलाइन     २५ कात्तिक २०८१, आइतबार
पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौँ ल्याइँदै

 

काठमाडाैं–  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई  आइतबार बिहान विराटनगरबाट नियन्त्रणमा लिइएको हो ।

उनलाई विराटनगरबाट विमानमार्फत काठमाडौँ  ल्याउन लागिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले बताए ।मानव तस्करीको आरोप लागेका अधिकारीलाई शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले निलम्बन गरेको थियो । उनले केहि दिन अघी जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका थिए ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि वैदेशिक भ्रमणका लागि जापान गएका थिए ।

प्रतिक्रिया