सुनको भाउमा फेरि रेकर्ड

राम्रो अनलाइन     १३ कात्तिक २०८१, मङ्गलबार
सुनको भाउमा फेरि रेकर्ड

 

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। आज सुन प्रतितोला १ लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार एक सय रूपैयाँ बढी हो। हिजो सोमबार भने एक लाख ६७ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो।

 

प्रतिक्रिया