प्रधानमन्त्री ओलीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त 

राम्रो अनलाइन     १३ कात्तिक २०८१, मङ्गलबार
प्रधानमन्त्री ओलीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त 


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरुले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।

 

प्रतिक्रिया