काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनहुँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो।
गत शुक्रबार सभापति लामिछाने पक्राउ परेका थिए । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको थियो । हाल उनी पोखरा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।



