नेपालले आज कतारसँग खेल्दै

राम्रो अनलाइन     ०९ कात्तिक २०८१, शुक्रबार
नेपालले आज कतारसँग खेल्दै

 

काठमाडौं – नेपालले एफसी यु– १७ एसियन कप छनोटमा समूह चरणको आफ्नो दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारको सामना गर्दैछ । खेल दोहास्थित एस्पायर एकेडेमीको खेल मैदानमा नेपाली समयअनुसार राति ८ः३० बजे हुनेछ।

नेपाल पहिलो जितको लक्ष्यमा छन् । समुह ‘एफ’ को नेपालले पहिलो खेलमा साविक विजेता जापानसँग ९(२ को फराकिलो हार ब्यहोरेकोको थियो। कतार लागतार दोस्रो जित निकाल्ने सोचमा छ । कतारले पहिलो खेलमा मंगोलियालाई २(० ले पराजित गरेको थियो ।

नेपालले भने हालसम्म एएफसी यु(१७ एसियन कपमा समूह चरण पार गर्न सकेको छैन । नेपालले सन् २०००, २००६ र २०१६ मा यो प्रतियोगिता खेलेको थियो । कतार सन् १९९० मा च्याम्पियन बनेको थियो । कतार सन् १९८५, १९८६, १९९२, १९९४, १९९८ को उपविजेता टोली हो । कतारले हालसम्म ११ पटक एसियन कपमा सहभागिता जनाइसकेको छ ।

प्रतिक्रिया