नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ

राम्रो अनलाइन     ०९ कात्तिक २०८१, शुक्रबार
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ

 

बुटवल –  दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन् ।  राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन् ।

लुम्बिनी प्रदेश प्रमुख  डीआईजी कुबेर कठायतले सशस्त्र प्रहरीले पक्राउ परेको रातोपाटीलाई पुष्टि गरेका छन् । सशस्त्र कार्यालय बाहिर दशैँमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको छ। गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र  १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको हो । घटना असोज २४ गतेको भएपनि  ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो । उनीहरूलाई हिजो जिल्ला अदालत दाङबाट  अनुसन्धान लागि म्याद थप गरेर ल्याएको छ । 

प्रतिक्रिया