अण्डाको मूल्य बढ्यो

राम्रो अनलाइन     ०६ कात्तिक २०८१, मङ्गलबार
अण्डाको मूल्य बढ्यो

 

काठमाडाैं – बजारमा अण्डाको मूल्य बढेको छ। व्यवसायीहरूका अनुसार मागअनुसारको उत्पादन नहुँदा मूल्य बढेको हो।  हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ।

किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो अण्डा चार सय ५५ र एक्सेल अण्डा पाँच सय ४ सय ७० रूपैयाँ तोकिएको छ। एक साता अघि किसानले मध्यम आकारको अण्डा तीन सय ९५, ठूलो अण्डा चार सय २५ र एक्सेल अण्डा चार सय रूपैयाँ पाएका थिए।

किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। अहिले उपभोक्तालाई अण्डा प्रतिक्रेट २० रूपैयाँदेखि ४० रूपैयाँसम्म बढेको टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए।

'आकार अनुसार मूल्य फरक हुन्छ,' उनले भने, 'त्यो पनि पसल अनुसार फरक छ। खुद्राको तुलनामा होलसेलमा अलि सस्तो हुन्छ।' उनका अनुसार हाल उपभोक्ताले मध्यम आकारको अण्डाको लागि प्रतिक्रेट ४ सय ९० रूपैयाँ तिर्नुपर्छ।

त्यस्तै, ठूलो अण्डा पाँच सय २० रूपैयाँसम्म पर्छ भने एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ३० देखि ४० रूपैयाँ छ।  यस अघि उपभोक्ताले मध्यम आकारको अण्डा प्रतिक्रेट ४ सय ७०, ठूलो अण्डा ४ सय ८० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तिरिरहेका थिए।  मागअनुसार उत्पादन नहुने हो भने अझै अण्डाको मूल्य बढ्ने उनको भनाइ छ।

 

प्रतिक्रिया