राष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त 

राम्रो अनलाइन     २४ असोज २०८१, बिहिबार
राष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त 


काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले दशैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शुभकामना दिँदै उनले बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गरेका हुन्। 

यस पर्वले नेपालीलाई आआफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले भनेका छन्,  “हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिच रहेको मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान गरिरहेका छन् ।”

प्रतिक्रिया