बङ्गलादेशमा बिजुली बेच्न त्रिपक्षीय सम्झौता हुँदै

राम्रो अनलाइन     १७ असोज २०८१, बिहिबार
बङ्गलादेशमा बिजुली बेच्न त्रिपक्षीय सम्झौता हुँदै

 

काठमाडाैं – नेपाल र बङ्गलादेशबीच आज उर्जा सम्झौता हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो सम्झौताका लागि बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको टोली नेपाल आएको छ। नेपालका ऊर्जामन्त्री दीपक खड्कासँग यो टोलीले बुधबार छलफल गरेको थियो। 

यो सम्झौता भएपछि बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ। र बिजुली भारत हुँदै बङ्गलादेश पुर्‍याइनेछ। त्यसकारण यो सम्झौता नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय हुनेछ। यो सम्झौतापछि नेपालबाट अरु पनि बिजुली लैजाने बाटो खुल्ने बङ्गलादेशको विश्वास छ। 

अहिले नेपालले भारतलाई पनि बिजुली बेच्दै आएको छ। 

प्रतिक्रिया