राष्ट्रपति पौडेलले शीतलनिवासमा राखे जमरा

राम्रो अनलाइन     १७ असोज २०८१, बिहिबार
राष्ट्रपति पौडेलले शीतलनिवासमा राखे जमरा

 

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन्।

उनले राष्ट्र कल्याण र नेपाली जनताको उन्नति तथा सुखी जीवनका लागि पूजासहित जमरा राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ।

आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ। 

प्रतिक्रिया