अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

राम्रो अनलाइन     १५ असोज २०८१, मङ्गलबार
अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

 

काठमाडाैं – यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्। मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सहज रुपमा यातायात संचालन हुने अवस्था नरहेकोले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिएका छन्। यसबारे आज महासंघको बैठक बसेर निर्णय लिन भएको छ।

यस पटक दसैँका लागि असोज १२ गते शनिबारदेखि टिकटको अग्रिम बुकिङ खुला गरेको थियो।

प्रतिक्रिया