प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

राम्रो अनलाइन     १४ असोज २०८१, सोमबार
प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

 

काठमाडाैं – संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ। संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ।

समितिले भोलि (मंगलबार) उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ। संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यस्तै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध दुइटा उजुरी परेको समितिले जनाएको छ।

प्रतिक्रिया