कांग्रेसले राहत कोषमा ५० लाख सहयोग गर्ने

राम्रो अनलाइन     १३ असोज २०८१, आइतबार
कांग्रेसले राहत कोषमा ५० लाख सहयोग गर्ने

 

काठमाडौं–  नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले पीडित राहत कोषमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । राहत कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ ।

बैठकले पार्टी संरचनालाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । पार्टी कार्यकर्ता, भ्रातृ र शुभेच्छुक संस्थालाई राहत, उद्धार कार्यमा सक्रिय रुपमा लाग्न निर्देशन दिएको हो ।

 

प्रतिक्रिया