कोशी ब्यारेज : पुल माथिबाट बग्न थाल्यो पानी, सवारी आवागमनमा रोक 

राम्रो अनलाइन     १२ असोज २०८१, शनिबार
कोशी ब्यारेज : पुल माथिबाट बग्न थाल्यो पानी, सवारी आवागमनमा रोक 


 विराटनगर– कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ ।

बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए ।

यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।

प्रतिक्रिया