कर्णाली फ्लोर क्रसबारे रिमालको प्रतिक्रिया : माओवादीमा विलय हुन आतुर एमाले विरोधीहरूको उद्घोष 

राम्रो अनलाइन     ०४ वैशाख २०७८, शनिबार
कर्णाली फ्लोर क्रसबारे रिमालको प्रतिक्रिया : माओवादीमा विलय हुन आतुर एमाले विरोधीहरूको उद्घोष 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा पार्टी संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नेहरू एमाले विरोधी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एमाले स्थायी समिति सदस्यसमेत रहेका रिमालले यो कार्य गर्नेहरू माओवादी केन्द्रमा विलय हुन आतुरहरूले गरेको आरोप समेत लगाए ।

उनले फेसबुकमा लेखेका छन्, 'कर्णाली प्रदेशको “फ्लोर–क्रस“ फ्लोर–क्रस मात्र हैन, माओवादी केन्द्रमा बिलय हुन आतुर एमाले भित्र रहेका एमाले बिरोधीहरूको सार्वजनिक उद्घोष हो ।'

उनले एमालेमा विधि र पद्धतीको नाममा क्रियाशीलहरू के षडयन्त्रमा लागिरहेका छन् भन्ने यो क्रियाकलापबाट प्रष्ट हुने पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, 'एमाले समाप्त पार्न “एकता–बिधि–पद्धति“को नाममा क्रियाशील तत्व, के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन र ?'

कर्णाली प्रदेशको "फ्लोर-क्रस" फ्लोर-क्रस मात्र हैन, माओवादी केन्द्रमा बिलय हुन आतुर एमाले भित्र रहेका एमाले...

Posted by Bishnu Rimal on Friday, 16 April 2021

प्रतिक्रिया