देशैभरि झरी, कुन नदीमा कति खतरा?

राम्रो अनलाइन     ११ असोज २०८१, शुक्रबार
देशैभरि झरी, कुन नदीमा कति खतरा?

 

काठमाडाैं – देशभरि आज दिनभरि झरी लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आइबारसम्मै देशका केही भागहरूमा झरी लाग्नेछ। 

यसाबाट उत्पन्न हुनसक्ने विपदबाट जाेगिनका लागि पनि विभागले सचेत गराएको छ। देशका विभिन्न नदीनालाहरूमा बाढी र ठाउँठाउँमा पहिराकाे जाेखिम भएकाे भन्दै विभागले सावधानी अपनाउन भनेकाे हाे। 

नारायणी नदीमा १२ गतेसम्म नै जाेखिम रहनसक्ने विभागकाे आँकलन छ। कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुनसक्छ।  कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जनाएकाे छ। 

यस्तै पूर्वी राप्तीमा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम हुनेछ। पश्चिम राप्ती कुसुममा पनि १२ गतेसम्मै जलसतहले जोखिमकाे रेखा पार गर्ने अनुमान गरिएकाे छ। बबई नदीमा पनि जाेखिम नै हुनेछ। 

यसपालि घटनास्थापनापछि मात्रै मनसुन बाहिरिन सुरु गर्ने विभागले जनाएकाे छ। 

प्रतिक्रिया