शिक्षक\विद्यार्थीमा कोभिड देखिए  एक साता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको निर्देशन (पत्रसहित)

राम्रो अनलाइन     ०३ वैशाख २०७८, शुक्रबार
शिक्षक\विद्यार्थीमा कोभिड देखिए  एक साता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको निर्देशन (पत्रसहित)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षकरविद्यार्थीमा कोभिड १९ संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो ।
त्यो अवधिमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न पनि महानगरले निर्देशन दिएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पनि महानगरले अनुरोध गरेको छ ।

त्यस्तो अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा सञ्चालन गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा परेको छ । विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ तर सरकारका निकायहरूले निर्णय लिन सकेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिस गरेको छ । सीसीएमसी र मन्त्रिपरिषद्मा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन । शिक्षा मन्त्रालयले कोरोनाको जोखिम बढे पालिकाहरूले विद्यालय बन्दको निर्णय लिन सक्ने दोहोर्‍याएको छ । 

प्रतिक्रिया