कोभिडबाट विद्यार्थी जोगाउने तयारी गर्न नेविसंघको माग

राम्रो अनलाइन     ०३ वैशाख २०७८, शुक्रबार
कोभिडबाट विद्यार्थी जोगाउने तयारी गर्न नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीमा कोभिड १९ संक्रमण फैलन नदिन सरकारसँग माग गरेको छ। विद्यालय उमेरका बालबालिकामा कोरोना संक्रमण देखिएको भन्दै संक्रमण थप फैलन नदिन नेविसंघले सरकारको ध्यानाकर्षण गराएको हो।

नेविसंघ अध्यक्ष राजिब ढुंगानाले बालबालिकाको स्वास्थ्य सुरक्षामा हेलचक्राइँ नगर्न आग्रह गरेका हुन् । अध्यक्ष ढुंगानाले विज्ञप्ति निकालेर विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड नगर्न चेतावनी दिएका हुन्।

विद्यार्थीहरूमा संक्रमण फैलन नदिन विशेष पूर्वतयारी गर्न, सबैखाले स्वास्थ्य सुरक्षा अपनाउनका नेविसँघले शैक्षिक संस्थाहरूलाई आग्रह गरेको छ ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले तत्काल विद्यालय र क्याम्पसलगायत भिडभाड बढी हुने शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गरिनुपर्ने बताए।

प्रतिक्रिया