सह–अस्तित्व र आपसी सद्भाव नै राष्ट्रिय एकताको मूल आधार : प्रधानमन्त्री ओली 

राम्रो अनलाइन     ०३ असोज २०८१, बिहिबार
सह–अस्तित्व र आपसी सद्भाव नै राष्ट्रिय एकताको मूल आधार : प्रधानमन्त्री ओली 


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सह–अस्तित्व र आपसी सद्भाव एवं पारस्पारिक सहयोग नै सबै जात जाति, भाषा भाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको बताएका छन्। 

संविधान दिवसको मूल समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला, दलित, आदिवासी, जनजाति, थारू, मुसलमान, मधेशी, पहाडी हिमाली अल्पसंख्यक, उत्पीडित र सम्पूर्ण पिछडिएका वर्ग तथा क्षेत्रका नेपालीको सपना संविधानमा उल्लेख भएको बताए।  प्रधानमन्त्री ओलीले संविधानले प्रत्येक नागरिकलाई अधिकार दिलाएको तथा कर्तव्य र मर्यादा पनि सिकाएको बताए। 

प्रधानमन्त्री ओलीले संविधानले नागरिकका मौलिक अधिकारलाई प्रत्याभूत गरेको र ती अधिकार कार्यान्वयनका लागि सरकारले आवश्यक नीति र कानुन तर्जुमा गर्न जोड दिएको बताए। 

प्रतिक्रिया