एन्फा महिला लिग : पुलिस र चन्द्रपुरको गोलरहित बराबरी

राम्रो अनलाइन     ०२ असोज २०८१, बुधबार
एन्फा महिला लिग : पुलिस र चन्द्रपुरको गोलरहित बराबरी

 

काठमाडाैं – विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।  ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिस र चन्द्रपुर गोलरहित बराबरीमा रोकिए । 

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै ६ खेलबाट १२ अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ ।  चन्द्रपुरले समान खेलबाट सात अङ्क बनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । 

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

 

 

प्रतिक्रिया