काँकडभिट्टा र भद्रपुर नाका बिहान ६ बजेदेखि ७२ घण्टा सील

राम्रो अनलाइन     ०२ वैशाख २०७८, बिहिबार
काँकडभिट्टा र भद्रपुर नाका बिहान ६ बजेदेखि ७२ घण्टा सील

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको जानकारी दिए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।
 

प्रतिक्रिया