संसदको अवरोध खुलाउन दलहरूबीच छलफल जारी

राम्रो अनलाइन     ३० भदौ २०८१, आइतबार
संसदको अवरोध खुलाउन दलहरूबीच छलफल जारी

 बिना अवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग  छलफल गरिरहेका छन्। 

छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), प्रमुख विपक्षी दल (माओवादी केन्द्र) तथा प्रतिपक्षी दलद्वय राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन्। 

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरुले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेकाे थियाे। यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरुले संसद्मा अवरोध गरे। 

उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक डाकेका हुन्। प्रतिनिधिसभाको आजको बैठक अपराह्न १: ०० बजेका निम्ति आह्वान गरिएको छ ।

प्रतिक्रिया