धनराज र इन्दिरा रानाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 

राम्रो अनलाइन     २६ भदौ २०८१, बुधबार
धनराज र इन्दिरा रानाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 


काठमाडौं–नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज ९ बजेपछि बस्दैछ। सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीलाई आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन्।

बैठबमा  सहकारी बचत सम्बन्धी विवादमा मुछिएका उपसभापति धनराज गुरूङ र उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्तावबारे छलफल हुने बताइएको छ।

एमालेका सांसदहरूले हिजो प्रतिनिधि सभामा उपसभामुख रानालाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए। तर कांग्रेसका सांसदहरूले यसबारे बोलेका थिएनन्। ‘आज पदाधिकारी बैठकपछि काँग्रेसको पनि आधिकारिक धारणा आउला’ कांग्रेसका एक पदाधिकारीले भने।

प्रतिक्रिया