सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

राम्रो अनलाइन     २४ भदौ २०८१, सोमबार
सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

 

काठमाडाैं – आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ। सुर्खेतका लागि बिहान ७:४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७:५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसका एक कर्मचारीले जानकारी दिएका छन्। 

विमानमा रहेका ५३ जना यात्रुहरुलाई भने अर्को विमानबाट सुर्खेत पठाइएको छ। विमामा आएको समस्या बारे भने विस्तृत जानकारी आउन बाँकी छ।

प्रतिक्रिया