काठमाडौं– लायन्स क्लब ओखलढुंगा पोकली वाटर फल, काठमाडौं फेलोसिप र हलेसी मार्टद्वारा संयुक्तरूपमा लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रीक ३२५ एफका जीएमटी कोअर्डिनेटर लायन कृष्ण ज्योति शाक्यको प्रमुख आतिथ्यमा संयुक्त आपाङ्ग एकता आवाज केन्द्र गोकर्णमा आश्रय लिइरहेका ५८ जना बालबालिकालाई लत्ताकपडा, खाद्यान्न वितरण तथा साँझको खाना खुवाउने कार्यक्रम सम्पन्न भयो । पोकली वाटर फलका अध्यक्ष सिताराम बानियाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन डिस्ट्रिक मेन्टल हेल्थ चियर पर्सन लायन गुरु केदार बरालले गरेका थिए। जोन चियर पर्सन लायन दिनेश कार्कीले तीनवटै क्लबलाई समन्वय गरेका थिए।

श्री सत्य साई केन्द्र भजन मण्डल हङकङकी किनु गुरुङको सहयोगमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लायन कृष्ण ज्योति शाक्यले लायन्स क्लबले बिगतमा भुकम्प, बाढीपहिरो, कोभिड देखि लिएर यस्तै सहारा बिहिन बालबालिकालाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आएको र यस केन्द्रमा रहेका बालबालिकाको लागि खाद्यान्न तथा जुत्ता चप्पल सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भोलिको मीठो खाजाको लागि नगद सहयोग प्रदान गरे । गुरु केदार बरालको लायन प्रतिको लगनशीलता, सक्रियता र समन्वयकारी भूमिकाको कारण आफू यो कार्यक्रममा सहभागी हुन पाएको बताए।

लायन गुरु केदार बरालले कार्यक्रम संचालन गर्दै लायन नेतृत्व इमानदार, समन्वयकारी र सक्रिय हुनु पर्ने र लायन कृष्ण ज्योति शाक्य यसका लागि सधै अग्र स्थानमा रहेको आफुले पाएको बताउँदै उनले लायन्समा पुर्याएको योगदानको चर्चा गरे । सा(साना बालबालिकाको शिक्षा दिक्षाको जिम्मा सरकारको भएको भए पनि सरकार सबै क्षेत्रमा पुग्न नसकेको अवस्थामा बिदेशमा रहेका नेपालीले आफ्नो देश र नेपाली प्रती देखाउनु भएको मायाको शब्दमा उल्लेख गर्न नसकिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लायन सिताराम बानियाले जहाँ आवश्यकता त्यहाँ लायनको उपस्थिति रहने र यस्ता बेसहारा बालबालिकालाई सहयोग गर्न पाउदा खुशी लागेको बताए। लायन्सको सहयोगले मात्रै त्यति महत्त्व नराखे पनि यसले सहयोगी हातहरुलाई आकर्षण गर्नेमा आफू विश्वास्ता रहेको र यस कार्यक्रममा सहयोग पुर्याउनु हुने श्री सत्य साई भजन मण्डल हङकङ, किनु गुरुङ, तारा कथेट, लायन प्रीतम अग्रवाल, रेखा पराजुली र केन्द्रका महासचिव दीपेन्द्र कार्की लगायत सम्पुर्ण प्रती आभार प्रकट गरे।

हलेसी मार्टका चार्टर प्रेसिडेन्ट दीपक कटवालले अबोध बालबालिकालाई सहयोग गर्न पाउँदा र देश बाहिर रहेर नेपाल र नेपालीलाई गरेको मायाले आफुलाई लायनमा अझ सक्रिय हुने उर्जा मिलेको बताए। यस्तो संस्था खोलेर बालबालिकालाई अविभाबकत्वा प्रदान गर्ने महान कार्य र संचालक प्रती आभार प्रकट गरे।

संस्थाको तर्फबाट लायन्स प्रतिनिधिहरुलाई महासचिव दीपेन्द्र कार्कीले खादा लगाई स्वागत गरेका थिए भने सहभागी सबैलाई लायन्सको तर्फबाट लायन प्रीतम अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए।
