दाङमा बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

राम्रो अनलाइन     १९ भदौ २०८१, बुधबार
दाङमा बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

 

दाङ – दाङमा बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। बबई गाउँपालिका-७ मलईका ३५ वर्षीय रेशम बाँठा मगरलाई बुधबार बिहान बँदेलले आक्रमण गर्दा घाइते भएका हुन्।

बिहान ३ बजे बारीमा मकै खान आएकाे बँदेल धपाउने क्रममा उनलाई आक्रमण गरेकाे हो। बँदेलको आक्रमणबाट मगरकाे हात, खुट्टा र मुखमा चोट लागेको छ। घाइते उनकाे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ।

प्रतिक्रिया