काठमाडाैं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिकाे कार्यावधि १५ दिन थप गरिएकाे छ।
मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले छानबिन समितिको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख देवराज घिमिरेले संसदमा निणार्थ प्रस्तुत गरेकाे उक्त प्रस्ताव सर्वसम्मत पारित भएको हाे।
सभापति थापाका अनुसार सहकारीकाे रकम अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको छ।