सरकारको माग बमोजिम सर्वोच्चले दियाे आदेश, प्रहरीको ३० वर्षे सेवा अवधि कायम

राम्रो अनलाइन     १५ भदौ २०८१, शनिबार
सरकारको माग बमोजिम सर्वोच्चले दियाे आदेश, प्रहरीको ३० वर्षे सेवा अवधि कायम

 

काठमाडाैं – सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो।

योसँगै यही भदौ १६ गते २१ जना प्रहरी अधिकृत अवकाशमा जाँदैछन्। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहितका २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेको रिटमा यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो।

प्रतिक्रिया