प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता गोवर्धनलाई बधाई

राम्रो अनलाइन     १५ भदौ २०८१, शनिबार
प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता गोवर्धनलाई बधाई

 

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्।

प्रतिक्रिया