काठमाडौं–लियो क्लब अफ काठमाडौं नमो बुद्धले ओरिएन्टेशन तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । क्लबले अगस्ट २४ मा काठमाडौंको चाबाहिलस्थित मनास्लु वल्र्ड कलेजमा कार्यक्रम आयोजना गर्दै ओरिएन्टेशन तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा लियो वर्ष २०२३–२४ को कार्यसमितिले वर्ष २०२४–२५ को नयाँ कार्यसमितिलाई पद हस्तानतरण गरेको थियो । क्लबका अध्यक्ष दानबहादुर थिङको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा काठमाडौं नमो बुद्ध लियो क्लबका जिल्ला अध्यक्ष लियो रेयाज गौतम (२०२४ – २०२५ ) ले लियो जिल्ला काउन्सिल पदभार ग्रहण गर्नुका साथै लियो सिद्धान्त नन्दा बज्राचार्य, लियो निहान पुजारी, लियो क्षितिज कामु मगर, लियो प्रयान तामाङ, लियो विप्लव खड्गी (कोषाध्यक्ष), लियो पेमा याङ्जोम घले (सचिव), लियो प्रिय लामा तामाङ, र लियो जनुका ताजपुरीयाले काठमाडौं नमो बुद्धको लियोले क्लबको प्रतिनिधित्व गरेका छन् ।कार्यक्रममा लियोमा आबद्ध रहेर गरिने कार्यका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा लियो जिल्ला ३२५ ई एमडी–३२५ का सदस्यहरू, क्षेत्रीय प्रतिनिधिहरू, र लायन्स क्लबका सदस्यहरूका साथै विशिष्ट अतिथिहरूमा प्रथम उपाध्यक्ष लायन हिरा प्रसाद गुप्ता, क्षेत्रीय प्रमुख लायन राजन श्रेष्ठ पीएमजिएफ, प्रमुख अतिथि जिल्ला गभर्नर लायन रामसरण बस्नेत पीएमजिएफ, बहु युवा समन्वयक पीडीजी लायन टंका बहादुर श्रेष्ठ पीएमजिएफ, पीडीजी लायन कर्मा गुरुङ पीएमजिएफ, रक्त प्रमुख लायन विनोद श्रेष्ठ, कपी बैंक प्रमुख लायन सूर्य तामाङ, एमजिएफ प्रमुख जयराम प्रसाद लुइटेल पीएमजिएफ रहेका थिए ।
यसैगरी कार्यक्रममा उनीहरुले प्रमुख प्रशिककको रुपमा जिल्ला ३२५ ई लियो अध्यक्ष र पीडीजी लायन अनन्त प्रसाद भेटुवाललाई पाउँदा गर्व लागेको बताउँदै भेटुवालको अमूल्य मार्गदर्शन र उत्कृष्ट नेतृत्वको लागि धन्यावाद ज्ञापन गरे ।
कार्यक्रममा लियो विप्लव खड्गी (काठमाडौं नमो बुद्ध लियो क्लबका कोषाध्यक्ष) ले लियो रेयाज गौतम (जिल्ला परिषद ३२५ ई, एमडी–३२५ का अध्यक्ष २०२४ –२०२५)लाई लियो क्लब काठमाडौं नमो बुद्ध कार्यक्रमका दौरान असाधारण नेतृत्व प्रदान गरेकोमा धन्यवाद प्रकट गर्दै उपहार प्रदान गरेका थिए ।
यसैगरी कार्यकम्रमा जिल्ला अध्यक्ष लियो रेयाज गौतमले क्लब अफ काठमाडौं नमो बुद्धका ब्याज प्राप्त नगरेकाहरूलाई ब्याज प्रदान गर्दै क्लबलाई सामाजिक क्षेत्रमा थप उचाइमा पुराउने बताए ।

