थामी बस्तीका चार परिवारलाई सुरक्षित स्थानमा सारियो

राम्रो अनलाइन     ०७ भदौ २०८१, शुक्रबार
थामी बस्तीका चार परिवारलाई सुरक्षित स्थानमा सारियो

 

काठमाडाैं – अविरल वर्षातले त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङखोलाको बाढीले दर्जन बढि घर जोखिममा परेको छ । त्यसमध्य उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा टेन्ट हालेर स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोबाट उच्च जोखिममा परेका मनमाया थामी, बबिन्द्र थामी, बालकुमार थामी र सुवास थामीको परिवारलाई पाटेडाँडाको सुरक्षित जग्गामा टेन्ट हालेर सारिएको वडा अध्यक्ष टेकबहादुर गुभाजु (बिजय)ले जानकारी दिनुभयो ।

गापा, वडा, सुरक्षाकर्मी, स्थानीय जनताका सहभागितामा विस्थापित परिवारलाई उद्धार गरी टेन्ट निर्माण गरेर सारिएको हो ।

विस्थापित परिवारको त्यहाँ बाहेक अन्यत्र कत्तै जग्गाजमीन नभएकाले पाटेडाँडामा अरुको जग्गाको बाली काटेर टेन्ट हालेर सारिएको गुभाजु बताउनुहुन्छ । विस्थापित परिवारलाई हिउदँमा सुरक्षित स्थानमा जग्गा खरीद गरी गापा, वडाले स्थायी आवास निर्माण गरिदिने गुभाजुले बताउनुभयो । विस्थापित परिवारलाई चार वटा टेन्ट हालेर राखिएको छ ।

बाढीपहिरोबाट पिस्कर उच्च जोखिममा रहेको वडा हो । गत वर्ष पनि ठाडोखोलाको पहिरोले एक युवकको ज्यान गएको थियो ।

प्रतिक्रिया