घट्यो सुनचाँदीको मूल्य

राम्रो अनलाइन     ०६ भदौ २०८१, बिहिबार
घट्यो सुनचाँदीको मूल्य

 

काठमाडाैं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया