लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

राम्रो अनलाइन     ०४ भदौ २०८१, मङ्गलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

 

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। प्रदेशसभाको मंगलबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो।

नेकपा एमाले- नेपाली कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेशसभामा आचार्यलाई ७० प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्।

प्रतिक्रिया