परराष्ट्र मन्त्री डा।राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता 

राम्रो अनलाइन     ०३ भदौ २०८१, सोमबार
परराष्ट्र मन्त्री डा।राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता 


काठमाडौँ– भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

सो अवसरमा भारतीय विदेशमन्त्री एस।जयशङ्करले मन्त्री डा राणालाई स्वागत गरेका थिए । भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित, नेपाल– भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको छ ।

भारतीय विदेश मन्त्री एस।जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो उनी परराष्ट्र मन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । परराष्ट्र मन्त्री डा।राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया